भुकम्प गएको आज ४ बर्ष पुरा, पुनर्निर्माण भने कछुवा गतिमा


ठूलो मात्रामा जनधनको क्षति गराएको भूकम्प गएको चार वर्ष पूरा भएको छ । चार वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बिज्ञापन

भूकम्पका कारण काडमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, धादिङसहितका जिल्लामा बढि क्षति भयो । झण्डै ८ लाख नागरिकले भूकम्पको प्रत्यक्ष मारमा परे ।

भूकम्पमा परि कम्तिमा ८ हजार ७९० जनाले ज्यान गुमाए । झण्डै २२ हजार नागरिक घाइते भए । अति प्रभावित १४ र कम प्रभावित १८ गरि ३२ जिल्लामा भूकम्पको असर अझै बाँकी छ । भत्केका घरको पुनर्निर्माणमा समेत निर्धारित लक्ष्य अनुसार काम हुन सकेन ।

निजी आवस निमार्ण तर्फ अहिलेसम्म चार लाख तीन हजार दुई सय ८० लाभग्राहीले तेस्रो किस्तानको अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

वैशाख १२को भूकम्पले क्षति पुर्‍याएको वसन्तपुर दरवारको पुनर्निर्माण गरिँदै। तस्बिर-बर्षा शाह

यस्तै सात लाख ६० हजार २७९ जनासँग अनुदान सम्झौता भएकोमा पहिलो किस्ता लिनेको संख्या सात लाख ५५ हजार ८६८ र दोस्रो किस्ता पाउनेको संख्या पाँच लाख ६४ हजार ३४२ रहेको छ । केहीको गुनासो सुनुवाई भएको छ भने केहीको गुनासो अझै पनि गुनासोमै छ । अहिले पनि गुनासो संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

सम्पदा पुनर्निर्माणमा भने ढिलाई भएको छ । अहिलेसम्म एकादुई बाहेक सम्पदाको काम सकिएको छैन । किचलोका कारण काम नै रोकिएका समाचार देश संञ्चार अनलाईन ले लेखेको छ ।