लकडाउनमा युरिया मल कलोबजारी गर्ने पक्राउ

लकडाउनको अवधिमा युुरिया मलमा कालाबजारी गरेको अभियोगमा बारा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ ।

 

बिज्ञापन

मात्र ७ सय १० रुपैया प्रतिबोरा पर्ने युरियामल ११ सय ५० रुपैयामा बिक्री उजुरीको आधारमा सिम्रौनगढ नगरपालिका वडा ८ कचोेर्वाका रवीन्द्र यादवलाई एक २० बोरा युुरिया मलसहित प्रहरीले पक्राउ गरेको हो ।

 

बारा सदरमुुकाम कलैया बाट ना ६ त ६९६२ नम्बरको ट्याक्टरमा लगेर आर्दश कोतवाल गाँउपालिका ६ पटेर्वा बजारमा प्रतिबोरा ४ सय ४० रुपैया बढीमा उनले युुरिया मल बेच्दै थिए ।

 

इलाका प्रहरी कार्यालय चिँउटाहाका प्रमुख सई अवधेश चौबेले ट्याक्टरबाट १ सय २० बोरा युरिया मल समेत बरामद भएको जानकारी दिए ।

 

व्यापारी यादवसहित बरामद मल, ट्याक्टर र त्यसका चालक रामाकान्त साहलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाइएको ईलाका प्रहरी कार्यालय चिँउटाहाले जानकारी लिएको छ ।

 

बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राका अनुसार पक्राउ परेका यादव र चालक रामाकान्त साह बिरुद्ध कालोबजारी ऐन अन्तरगतको मुद्धा दर्ताभई जिल्ला अदालत कलैयाबाट म्याद समेत थप भई कार्वाही प्रकृया अगाडि बढाइएको छ ।