
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
बैठकमा लकडाउनबारे समीक्षा र संसद अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताइएको छ ।
केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए । सामाजिक दूरी कायम राखेर संसद सुरू गर्ने तयारी अनुरुप उनले संसद भवनको गरेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष १५ जेठ आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्छ ।