नेपाल आउँदा होटल क्वारेन्टिन बस्नैपर्ने निर्णय स्थगित

काठमाडौं,  । अध्यागमन विभागले शनिबार एक सूचना जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय स्थगित गरिएको जनाएको छ ।

यसअघि शुक्रबार ती देशबाट नेपाल आउँदा अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको थियो । अब उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको छ ।

बिज्ञापन

अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सबाट आउनेलाई क्वारेन्टिनमा बस्नुपर्ने भन्दै सूचना जारी गरिएको थियो।