
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार राति ८ बजे राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।
भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था, कोरोना नियन्त्रणमा सरकारले गरिरहेको प्रयास लगायत समसामायिक विषयम छलफल भएको हो ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको भेटवार्ता बारे दुवैको सचिवालयले आधिकारीक जानकारी भनेको दिएको छैन ।
यसअघि भेटवार्ताको औपचारिक जानकारी दिने प्रचलन थियो ।