‘सीमा विवादको समाधान कूटनीतिक तहबाटै खोज्नुपर्छ’ :  गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कूटनीतिक तहबाट समाधान गर्नुपर्ने बताएका छन् ।

 

बिज्ञापन

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै कूटनीतिक तहबाट यसको समाधान खोजिनुपर्ने बताएका हुन् ।

 

मानसरोवर जाने सडकको विषयमा पनि सरकारले विरोध जनाइसकेको गृहमन्त्री थापाले बताए । ‘६० वर्षअघिदेखि नै भारतले हाम्रो ४ सय वर्ग किलोमिटर भूमि मिचेको छ । यो विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।

 

अहिले फेरि मानसरोवर जाने बाटोको विषयमा भारतीय पक्षको मनलाग्दी देखिएको छ । सरकारले यसमा विरोध जनाइसकेको छ’, गृहमन्त्री थापाले भने ।