‘म्यान-टु-म्यान’ कुटनीतिक पहल अनिवार्य छ-पूर्वराजा शाह

काठमाडौं– भारतले नेपाली भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर जाने सडक निर्माण गरेपछि चर्किएको विवाद समाधान गर्न त्रिपक्षीय वार्ता हुनुपर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले सुझाएका छन् ।

 

बिज्ञापन

छिमेकी देशसँगको सीमाको विवाद भनेको अत्यन्त गम्भीर भएको ट्वीट गर्दै उनले सरकारका तर्फबाट म्यान–ट–म्यान कुटनीतिक पहल अनिवार्य रहेको पनि उल्लेख गरेका छन् ।

 

‘निकटम छिमेकी देशसँगको सीमाको विवाद भनेको अत्यन्त गम्भीर विषय हो। यसको समाधानका लागि सरकारका तर्फबाट म्यान–टु–म्यान कुटनीतिक पहल अनिवार्य छ। वक्तव्य वा डिजीटल वार केवल जानकारीका लागि मात्र प्रयोग हुने हुनाले यथाशीघ्र नेपाल–भारत–चीन त्रिपक्षीय वार्ता गरी समाधान गर्नु उपयुक्त हुन्छ’– उनले लेखेका छन्।

 

 

यता भारतले भने भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । शुक्रबार भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उदघाटन गरेको थियो । यसको विरोध नेपालमा भइरहेदा भारतीय विदेश मन्त्रालयले शनिबार वक्तव्यमा जारी गर्दै सडक कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको जनाएको थियो ।