
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने दिन शुक्रबार सांसद मात्रै नभइ २९ बढी विशिष्ठ तथा सरोकारवाला व्यक्ति पनि सदनको बैठकमा उपस्थित हुनेछन् ।




राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम दिउँसो ४ बजे सदनमा पेस गर्ने कार्यतालिका रहेको छ । वर्षमा २ पटक संयुक्त सदन बस्ने गर्छ । जसमा नीति तथा कार्यक्रम र बजेट पेस गर्ने दिन रहेका छन् । यस हिसाबले प्रतिनिधिसभाको सभाहल शुक्रबार भरभराउ रहने छ ।

तर, प्रतिनिधी र राष्ट्रिय सभाका केही सदस्य भने पीसीआर परीक्षण नगरेको कारण शुक्रबार सदनमा प्रवेश पाउने छैनन् । निलम्बनमा परेका सहित राष्ट्रियसभा र प्रतिनिधीसभाका ११ जना सांसदले बैठकमा उपस्थित नहुने संसद सचिवालले जनाएको छ ।
निलम्बनमा परेका सांसदमा ४ जना हरिनारायणप्रसाद रौनियार, मोहम्मद अफताव आलम, रेशम चौधरी र विजयकुमार गच्छेदार रहेका छन् ।
त्यस्तै, पीसीआर परीक्षण नगरेका कारण सूर्यबहादुर केसी, नगेन्द्रकुमार कुमाल, जयकुमार राई, रुवी नाज, नरमाया ढकाल र किशोरसिंह राठाैर प्रतिनिधिसभामा उपस्थित हुने छैनन् । राष्ट्रियसभाका सदस्यमा राधेश्याम पासवान र नरपति सुनुवार रहेका छन् ।
यसअघि बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला सरकारका मन्त्री, दुवै सदनका सांसद, सुरक्षाकर्मी, कर्मचारी मर्यादापाललगायतको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।