
लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

बिज्ञापन



पछिल्लो पटक थप गरिएको लकडाउनको समय भोलि सोमबार रातिदेखि सकिने भएकाले आगामि रणनिती बनाउन आवस्यक निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास वबालुवाटारमा बस्ने भएको छ ।

त्यसअघि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ ।
सिंहदरबारमा बस्ने समितिको बैठकले लकडाउनका बारेमा सरकारलाई सिफारिस गर्नेछ ।समितिको उक्त सिफारिसका आधारमा सरकारले लकडाउन सम्बन्धी आफ्नो धारणा बनाउने छ । जनस्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफल समेतका आधारमा सरकारलाई सिफारिस पठाउने उच्चस्तरीय समन्वय समितिको तयारी रहेको छ । समितिको सिफारिसमाथि मन्त्रीपरिषदमा थप छलफल गरी निर्णय गरिने सरकारले जनाएको छ ।