
काठमाडौँ : पोखरा-जोमसोमका लागि तारा एयरले उडान स्थगित गरेको छ।
वरिष्ठ पाइलट प्रभाकर घिमिरेसहित २२ जना यात्रु गुमाउनेगरी नाइनएन-एईटी ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परेपछि तारा एयरले एक सातालाई उडान स्थगित गरेको हो।तारा एयरले विशेष कारणवश जेठ २० शुक्रबारदेखि २७ गतेसम्म नियमित उडानहरु हाललाई स्थगित गरिएको सूचना जारी गरेकाे छ ।