
काठमाडाैं । सरकारका प्रवक्ता गोकुल बास्कोटालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिनुभएकाे छ । मन्त्री बस्काेटाले ‘जय नेपाल’ शब्दमाथि प्रश्न उठाएपछि कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुकबाट जवाफ फर्काउनु भएकाे हाे ।


शर्माले फेसबुकमा लेख्नुभएकाे छ-
बिज्ञापन



हाम्रो प्रिय `जय नेपाल´लाई
तिम्रो स्टालिनको लाल सलाम चाहिन्न !
जय नेपाल शब्द र भावलाई चुनौती दिनेलाई खुला जवाफ यसरीनै दिने !

बिहीबार मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले ‘मेरो सरकार’ शब्दमाथि विरोध जनाउने कांग्रेसले राजा महेन्द्रले भन्न सुरु गरेको जय नेपाल शब्द किन अहिलेसम्म प्रयोग गरिरहेको भनेर प्रश्न गर्नुभएकाे थियाे ।