काङ्ग्रेस छाडेर नेकपा प्रवेश गर्न साथ प्रचण्डले दिए यी व्यक्तिलाई यति ठूलो उपहार

काठमाडौं । नेपाली कांग्रेस छाडी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा केही समयअघि प्रवेश गरेका महेश दाहाललाई अस्ट्रेलियाको राजदूत पद उपहार परेको छ ।

दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष पनि हुन् । उनलाई सरकारले रिक्त रहेको अस्ट्रेलियाका लागि नेपालका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

दाहाललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउँदै उचित जिम्मेवारी दिने घोषणा गरेका थिए । प्रचण्डकै सिफारिसका आधारमा दाहाललाई मन्त्रिपरिषद्ले राजदूत पद सिफारिस गरेको हो ।