लाखौं दुर्लभ जडिबुटी पाइने हाम्रो हिमालमा कोरोनाको औषधि पाइदैन त ?

जब बिज्ञानको सिमा समाप्त हुन्छ अनि अध्यात्मले बिज्ञानलाई डोर्‍याउन थाल्छ भन्ने मान्यता स्वयं बैज्ञानिकहरुमा पनि छ ।

 

हुनत बैज्ञानिक युगमा कोरोनाको औषधि संग हनुमान जी को सन्जिबनी बुटीको तुलना गर्नु त्यति सोभा नहोला । हनुमानजी र सन्जिबनी बुटीको कुरा गर्दा भगवान रामको महिमा स्वत अगाडी आउदछ ।

 

भगवान राम १४ वर्ष बनबासमा रहदा अनेकौं अप्रत्याशित समस्या संग जुझ्नु परेको थियो । लंकाको राजा रावण संग युद्धको सिलसिलामा भाइ लक्ष्मण गम्भीर रूपमा घाइते भएका थिए । उनलाई बचाउनको लागि अनेकौं प्रयत्न विफल भएको बेला हनुमानजी लंका बाट नेपालको हिमालय पर्वतमा सन्जिवनी बुटी लिन आएका थिए ।

 

कुरो अत्यन्तै विश्लेषणात्मक छ तर हामी पटक्कै विश्वास गर्दैनौं ।

 

सनातन धर्म शास्त्रले नेपालको हिमालयन पर्वत सृंखलालाई अपार जडिबुटीको भण्डार भएको क्षेत्र भनेर चिनाएको छ । हामी अध्यात्म लाई झट्टै विश्वास गर्न चाहदैनौं । किनकि हामी बिज्ञान संग भरोसा राख्छौं । मैले यहाँ भगवान रामचन्द्रको कथा किन जोड्न खोजे भन्ने सम्बन्धमा केन्द्रित हुन चाहान्छु ।

 

कोरोना अर्थात कोभिड १९ ले बिज्ञानलाई राम्रै झापड हानेको छ  । यद्यपि औषधिको खोजीमा विश्वका कयौं बैज्ञानिकहरु संघर्षरत छन् । कोरोना महामारीले परिवार, आफन्त, नातागोता, साथीभाइ केही भन्दैन । दुनियाँ त्राहिमाम छ । लक्ष्मण गम्भीर घाइते भइ बेहोस हुँदा भगवान रामले सवै सामर्थ्य लगाउदा समेत होस् खुल्दैन। जब  लक्ष्मणको जीवनको लगभग अन्तिम घडी थियो । हनुमान जी अचानक हिमालय पर्वत तर्फ हानिन्छ्न् । सन्जिबनी औषधि हिमालय पर्वतमा पाइन्छ भन्ने मात्र बुझेका हनुमानले हिमालय पर्वत नै बोकेर लंका जान्छन् ।

 

लंकाको चर्चित बैध्यले सन्जिबनी बुटी पहिचान गरेर ख्वाए पश्चात् तुरुन्तै लक्ष्मणको होस् आउँछ । हिमालय पर्वतलाई हनुमानले पुनः पहिलेकै स्थानमा राख्न पर्वत बोकेर नेपाल फर्किन्छन् । अर्थात हिमालय पर्वत नेपालमा नै पर्दछ । जहाँ लाखौं प्रकारका औषधिजन्य जडिबुटीहरु पाइन्छ । कोरोना महामारी नियन्त्रण गर्न हाम्रो हिमाली भेगमा औषधि छैन होला ? मलाई लाग्दैन कि छैन । तपाईंले मेरो आर्टिकल पढ्दै हुनुहुन्छ मैले तपाईंलाई धन्यवाद भनें । सायद मेरो कुरा तपाईंले बुझ्नु भयो होला  । हुनत तातोपानी र मनतातो दुधले कोरोना निको हुन्छ भनेर आर्टिकल लेख्ने विश्वमै पहिलो व्यक्ति म नै हो जस्तो लाग्छ । जुन कुरा झुठ हुँदै होइन । चाइनामा यस्तै घरेलु प्रयोग गरिएको सत्य हो ।

 

त्यो आर्टिकल पढेर धेरै पाठक बाट सकारात्मक प्रतिक्रिया पाएको थिंए । त्यसो त विश्व स्वास्थ्य संगठनले प्रमाणित नगरेको कुरा किन लेखेको भनेर कसै कसैले सन्देह प्रकट गरेको पनि पाइयो ।  हुनत मरिच पानी, अदुवा पानी, बोजो, लसुन आदि अचुक औषधिय गुण भएका चिजहरु हुन् । नेपालमा जसको प्रयोग हजारौं वर्ष  अगाडी देखि हुने गरेको उदाहरणहरु प्रशस्त पाइन्छ । हिन्दु धर्म शास्त्रमा गाइको गोबरलाई  भाइरस मार्ने अचुक औषधिको रूपमा प्रस्तुत गरेका उदाहरण छन्  ।  घरका कोठा चोटा, चुलो, भर्सेलीमा गोबरले लिपे पछी मात्र पवित्र मानिन्थ्यो ।

 

यसरी लिप्नको लागि औंशी र पुर्णिमा गरि महिनाको दुई पटक अनिवार्य रूपमा घर लिप्ने तालिका हुन्थ्यो । आधुनिक घर भवन बने संगै गोबर पानीले घर पोत्ने चलन बिस्तारै लोप हुँदै गयो । गोबरमा भाइरस मार्ने शक्ति हुँन्छ भन्ने तथ्य बैज्ञानिक बाट समेत प्रमाणित भएको कुरा हो । यस्ता कयौं उदाहरणहरु धर्म शास्त्रमा पाइन्छ जुन आज आएर लामो अध्ययन पश्चात् बिज्ञानले एक पछि अर्को प्रमाणित समेत गर्दै आएको छ ।  पतन्जली ऋषिले योग विद्या जस्तो अत्यन्तै दुर्लभ सुत्र मानव जातीलाई हस्तान्तरण गरे । नियमित योग अभ्यास गर्नेहरू अहिले पनि कोरोना संग कुनै पर्वाह नै गर्दैनन् ।

 

विश्वले कोरोनाको औषधि खोज्न संघर्ष गरिरहदा हामी पनि यसको खोजीमा जुटौं भन्ने सन्देश आजको ज्वलन्त आवश्यकता रहेकोे छ।

 

यदि हामीलाई हाम्रा पुर्खाको आशिर्वादको भरोसा छ भने, वहाँहरुले जतन गरेर राखिदिनु भएको अमुल्य जडिबुटी खोजी गरेर विश्वभरका दाजुभाइ दिदीबहिनीको उद्दार गरौं ।

 

कोरोना महामारी बाट विश्वलाई बचाऔं ।  धन्यवाद ।