ललितपुर महानगरमा फेरि आए चिरीबाबु

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जन दोस्रो कार्यालकालको लागि निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरमा पराजित गरेर पुनः मेयरमा निर्वाचित भएका हुन् ।

व्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयुक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिइसकेका छन्। कांग्रेसका उम्मेदवार महर्जनलाई ५ दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। महर्जनको जीतमा ललितपुरमा खुसीयाली मनाउन सुरु भइसकेको छ।

बिज्ञापन

महर्जनले ४२ हजार ७ सय २२ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी एकालेका ब्यञ्जनकारले २४ हजार ५ सय ६० मत ल्याएका छन् । त्यस्तै महानगरको उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छन् । उनले माओवादीका उम्मेदवार बाबुराजा बज्राचार्यलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।शाक्यले २५ हजार ८४ मत ल्याएर निर्वाचित हुँदा बज्राचार्यले १८ हजार ७ सय ५२ मत ल्याएका छन् ।