
काठमाडौँ – शुक्रबार मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा एक ट्राफिक प्रहरी पक्राउ परेका छन् । गुल्मीको सदरमुकाम तम्घासमा सोहि जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ अर्खलेका ३२ वर्षीय रेमलाल बस्यालमाथि हातपात गरेको आरोपमा एकजना ट्राफिक प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको हो ।
तम्घासको लाँकुरीमञ्चमा रहेको पसलबाट अर्खलेस्थित आफ्नो घर तर्फ जाने क्रममा मिलनचोक सडकमा एक बालिकालाई उनी सवार मोटरसाइकलले सामान्य ठक्कर दिएपछि ट्राफिक प्रहरीले कुटपिट गरेको स्थानीयको आरोपका आधारमा पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकरी दिए ।दुई महिनाअघि मात्र पत्थरीको अप्रेशन गरेका बस्यालले मोटरसाइकलमा ठोक्किएकी बालिकालाई अस्पताल लैजानै लाग्दा ट्राफिक प्रहरीले हातपात गरेको स्थानीयले बिरोध जनाएका छन्