होटल याक एन्ड यतीमा छापा, १२ भारतीय नागरिक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसरले प्रहरीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा छापा मारेको छ । छापा मार्दा १२ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरु सबै भारत उत्तर प्रदेशका नागरिक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उनीहरु सबै नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको र सोही आरोपमा उनीहरुलाई पक्राउन गरिएको बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।