
धरान । सुनसरीको धरान उप–महानगरपालिका–९ बाट ठुलो परिणामको लागुऔषध र नगद सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ।

बिज्ञापन



मंगलबार दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–९ बगैचा टोलबाट १२८० क्याप्सुल स्पास्मो प्रोक्सिवन प्लस, ३०० ट्याबलेट Nitrosun, ८० बोतल DIALEX-DC 100 ML, २ लाख ३७ हजार रुपैँया नगद र मोवाइल १ थान सहित स्थानीय ४१ बर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको हो ।

लागुऔषध र नगद सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।