
शिक्षकहरुको हकहितको विषयलाई लिएर संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) ले थप गम्भीरता देखिएको छ । लामो लक डाउन झेल्दै आएका शिक्षकको पारिश्रमिक समयमा उपलब्ध नहुदा शिक्षकहरु गम्भीर आर्थिक समस्यामा परेको भन्दै इस्टुले भुक्तानी गर्न बाकी तलब भत्ता यथासिघ्र उपलब्ध गराइदिन माग गरेको हो ।




डिजिटल प्रबिधिको प्रयोग गर्दै मंगलबार आयोजित एक दिने प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रममा इस्टु पदाधिकारीले शिक्षकहरुको तलब निकासा गर्न माग गरेका थिए । प्रदेश १ द्वारा आयोजना गरिएको कार्यक्रममा इस्टु केन्द्रिय अध्यक्ष होम कुमार थापाले लकडाउनको कारण बाट शिक्षकहरुको हातमुख जोड्ने माध्यम गुमेको भन्दै चैत महिना देखिको तलब अहिलेसम्म निकासा नगर्नु दुर्भाग्यपूर्ण भएको बताए । सहमति,सहकार्य र सहअस्तित्वको लागि इस्टु सदैव तत्पर रहेकोे बताए । असहज परिस्थितिका बाबजुद पनि प्याब्सन र एन प्याब्सनलाई समाधान खोज्न आग्रह गरे । २ महिना बिद्यालय बन्द हुँदैमा खुट्टा नकमाउन आग्रह गर्दै थापाले जुनसुकै हालतमा पनि शिक्षकको पारिश्रमिक रोक्न नहुने तर्क गरे । अन्तरक्रियामा आ-आफ्ना धारणा राख्दै अधिकांश बक्ताले निजि बिद्यालयका शिक्षकलाई राज्यले नहेरेको आरोप लगाएका थिए । बिद्यालय बन्द हुँदा लगानी कर्ताले समेत गम्भीर चुनौतीको सामना गर्नु परेको वर्तमान परिस्थितिमा जवाफदेही भुमिका निर्वाह गरिदिन सरकार समक्ष आग्रह गरे । बैंकले सहुलियत कर्जा दिएर भए पनि शिक्षकको पारिश्रमिक नरोक्न सुझाए । अन्तरक्रियामा सहभागी कतिपय शिक्षकले आफुहरुलाइ बिद्यालयले माघ महिना देखि तलब नदिएको समेत गुनासो गरेका थिए । बिद्यालय सञ्चालकलाइ सहुलियत र सरल कर्जा प्रभाव गरिदिएर भए पनि शिक्षकको तलब भत्ता उपलब्ध गराइदिन समेत माग गरिएको छ ।

इस्टु प्रदेश २ अध्यक्ष यादव अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा इस्टु केन्द्रिय पदाधिकारी लगायत विभिन्न प्रदेश, जिल्ला तथा पालिका सम्बद्ध करिब ९५ जना शिक्षकहरुको सहभागिता रहेकोे थियो ।
साना बिद्यालय बन्द हुने सम्भावना पनि उत्तिकै / सामुदायिक बिद्यालयलाई फलामको चिउरा
कोरोनाबाट बच्न सावधानी अपनाउने भन्दै गत चैत्र देखि निजि तथा सामुदायिक सबै शिक्षण संस्था बन्द गरिएको छ । वार्षिक परीक्षा समेत सम्पन्न नगरी बिद्यालय बन्द गर्न पुगेका बिद्यालय संचालकहरु सरकारको आदेश लाचार भएर मानिरहे । अघिल्ला वर्षहरूमा चैत्र महिनाको तेस्रो साता सम्पन्न हुने वार्षिक परिक्षा यो वर्ष चैत्रको पहिलो हप्ता नै सुरु भयो । यसरी हतारिएर परिक्षा गराउदा भनेजस्तो गरि शुल्क उठ्न सकेन जसको कारण धेरै बिद्यालयले शिक्षकलाई तलब भत्ता पर्याप्त रूपमा वितरण गर्न सकेनन् । पटक पटक सरकारको आदेश मान्दै आएका एन प्याब्सन र प्याब्सन आवद्ध बिद्यालयहरु लक डाउन भएको २ महिना बित्न लाग्दा समेत खुल्ने छाटकाट छैन । आफ्नै बिद्यालयमा लामो समय आध्यापनरत शिक्षकलाई तलब भत्ता समयमा दिन नसक्दा कतिपय बिद्यालय सञ्चालकहरु चिन्तित देखिन्छन् भने कतिपयले जथाभावी रूपमा शिक्षक निस्कासन गर्न समेत थालिसकेका छन् । लामो समय बिद्यालय बन्द गर्नु पर्दाको पिर स-साना आकारका बिद्यालय लाई अझ बढी छ । बिद्यार्थी संख्या न्यून हुनुका साथै कमजोर आर्थिक धरातलमा उभिएका त्यस्ता बिद्यालयहरु कसरी पुनः सञ्चालनमा आउछन् भन्ने बहसले हिजोआज निकै चर्चा पाउन थालेको छ । शिक्षक तथा कर्मचारीलाई तलब नदिने, अभिभावक संग विभिन्न बहानाबाजी र आवश्यकता देखाउदै महंगो शुल्क उठाउने कतिपय बिद्यालयहरुले आकारमा साना देखिएता पनि उच्च आर्थिक कारोबार समेत गर्ने गरेको पाइन्छ । शिक्षा क्षेत्रमा लगानी गर्दा मोटो कमाइ हुने बुझेर हाम फालेका कतिपय बिद्यालय सञ्चालकहरु घर जग्गा किनबेच लगायतका आकर्षक कमाइ हुने कारोबारमा पनि रहेका देखिन्छन् ।
शिक्षा क्षेत्रमा व्यापारको उद्देश्य बोकेर शुरु गरिएका धेरै जसो निजि बिद्यालयहरु कोरोना महामारी पछी कसरी पुनः स्थापित होलान् त भन्ने विषयमा प्रश्न चिन्ह खडा हुँदै गएको छ । अर्को तिर शिक्षालाई आधुनिक बनाउने बहानामा सामुदायिक बिद्यालयमा सरकारले अन्धाधुन्ध लगानी गरेको छ । शिक्षा क्षेत्रको उदाहरणिय बिद्यालय भनाउन रुचाउने सामुदायिक बिद्यालयले आगामी दिनमा कसरी अगाडी बढाउने हुन् भन्ने बारेमा आशंका उब्जाएको छ । सरकारले सामुदायिक बिद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै आएको छ । यद्यपि साधन र श्रोतको राम्रै पहुँच भएता पनि बाध्यात्मक अवस्था नआए सम्म सामुदायिक बिद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने छाटकाट भने देखाएका छैनन् । कोरोना महामारीमा आराम संग बसेका सामुदायिक बिद्यालयका शिक्षकहरुले लक डाउन पस्चात आफुलाइ कसरी तैयारी गर्लान् भन्ने प्रश्न समेत ताजा नै देखिन्छ ।
शिक्षक निष्कासन गर्नु आपत्तिजनक छ – इस्टु
लक डाउनको मौका छोपेर शिक्षक निस्कासन गर्नु आपत्तिजनक कार्य भएको भन्दै इस्टुले यस्तो गतिविधि विरुद्ध कडा प्रतिवाद गर्ने बताएको छ । तलब भत्ता केही नदिइ अब तपाईं आफ्नो बाटो लाग्नुहोस्, लक डाउन खुलेपछि पनि आउनु पर्दैन भन्दै काम बाट निकालिनु अत्यन्तै अमानवीय व्यवहार भएको भन्दै इस्टुले त्यस्ता बिद्यालयको शुचि तैयार पारेर कार्वाहीको प्रक्रिया अगाडी बढाएको बताएको छ । प्रदेश नं. १ इस्टु अध्यक्ष यादव अधिकारीका अनुसार १ नं. प्रदेशमा मात्र हालसम्म दर्जनौं उजुरी परेका छन् । यसरी उजुरी परेकाहरुमा बिर्तामोड, दमक, गौरादह लगायतका बिद्यालयहरु रहेकोे बताइएको छ । अनधिकृत रूपमा शिक्षक निस्कासन गर्ने बिद्यालयहरुलाई कम्पनी ऐन अनुसार कार्वाहीको समेत पहल थालनी गरिने अधिकारीको भनाइ रहेकोे छ ।
यस्ता छन् इस्टुका निर्णयहरु
# बालबालिकालाई सुरक्षीत तरिकाले बिधालयमा उपस्थित गराइ पठनपाठनको ब्यबस्थापन गर्न सम्बन्धित ठाउँमा पहल गर्ने ।
#शैक्षिक सत्र २०७६को शिक्षक कर्मचारीको पारिश्रमिक तत्काल उपलब्ध गराउन सबै बिधालयहरुलाइ पुन: अनुरोध गर्ने।
येसबाट पनि समस्या समाधान नभए बैकल्पिक दवाबमुलक कार्यक्रम घोषणा गर्ने।त्यसपछिको अवस्थाको तलबका लागि केन्द्रिय प्याब्सन ,एन प्याब्सन र अभिभावक संघ संग भएको कुराकानी अनुसार सरकारलाइ संयुक्त रुपमा ध्यानाकर्षण गराउन सहयोग गर्ने तथा शिक्षक कर्मचारीलाई बिधालय नखुलुन्जेल राहत, पेस्की वा तलब बिधालयले उपलब्ध गराउँदै अफ्ट्यारो परिस्थिति आउन नदिन सबैलाइ अनुरोध गर्ने ।
# बिधालय खुले पछि सरकारको नीति निर्देशनको मातहतमा रहि सरोकार वाला संगठनहरु संग बसेर छलफल गरि समग्र समस्याको हल सामुहिक रुपमै खोजिने।
# बन्द अबधिमा कतिपय बिधालयले शिक्षक कर्मचारी निस्कासन गरेको पाइएकाले उक्त कार्य तत्लाल रोक्नु पर्ने र निर्णयम सच्याउन पर्ने। त्येसो नगरिए तत् तत् बिधालय केन्द्रित आन्दोलन अघि बढाउने।
# शिक्षक कर्मचारीले राज्यलाइ नियम अनुसार कर तिरेको तर राज्य अहिले निजि शिक्षक कर्मचारी प्रतिको दाइत्वबाट उदासिन रहेको अवस्था अन्त्य गर्न सरकार संग राहतको प्याकेज घोषणा गर्न माग गर्ने।
# SEE परीक्षा आन्तरिक मुल्यांकनको आधारमा गर्न सुझाब दिने।
अवको शिक्षण विधि अनलाइन शिक्षा
अनलाइन पद्धतिको विकास गर्दै शिक्षण संस्थाहरुले विकल्पको खोजी गर्न इस्टुले सरोकारवालालाई सुझाव प्रदान गरेको छ । पछिल्लो समय विश्वभर अनलाइन शिक्षाको विकास द्रुतगतिमा अगाडी बढेको छ । कोरोना जस्तो भयानक महामारीमा परम्परागत शिक्षण बिधीलाइ पर्खिएर बस्दै गर्दा शिक्षण क्षेत्र अस्तव्यस्त भएर जाने चिन्ता व्यक्त गर्नुहुन्छ इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडा । खतिवडा झापाको दमकमा रहेकोे मेची आवासीय बिद्यालयका शिक्षक हुनुहुन्छ ।
लक डाउनका कारण लामो समय देखि घरमै बस्न बाध्य खतिवडालाई अनलाइन शिक्षाको बारेमा गहिरो रुचि देखिन्छ । अनलाइन शिक्षाले आधुनिक विश्वलाई नजिकै बाट हेर्न सकिने खतिवडाको बुझाइ छ । ‘ हाम्रो समयमा बिद्यालय जाने र पढ्ने तरिका भिन्न प्रकृतिको थियो । छोरा छोरीलाई अंग्रेजी भाषाका बिद्यालयमा पढाइयो तर अब नाति नातिनातिना को पालामा भने घरमै बसाएर आधुनिक प्रविधिको भरपुर उपयोग गर्दै शिक्षा दिने धोको छ’, खतिवडा भन्नुहुन्छ ।
त्यस्तै इस्टु प्रदेश १ अध्यक्ष यादव अधिकारी आधुनिक प्रविधि संग निकै नजिक देखिनु हुन्छ । गौरादहको माउन्ट एभरेष्ट मा. वी. का बिज्ञान विषयका शिक्षक अधिकारी प्रबिधि मैत्री शिक्षाको बिकास गर्न खासै समस्या नहुने बताउनुहुन्छ । हिजोआज गाउँ घरमा समेत ईन्टरनेट पहुँच पुगिसकेकोले अनलाइन शिक्षालाई सफलतापुर्वक सञ्चालन गर्न सकिने अधिकारीको धारणा छ ।