
रुपन्देही । प्युठानको ऐरावती गाउँपालिका-१ दाङवाङमा मृगलाई हानेको गोली लागेर साथीको मृत्यु भएको छ ।सिकार खेल्न जंगल गएका ३४ वर्षीय दोर्णबहादुर आलेमगरको दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले हानेको गोली लागेर मृत्यु भएको हो । दोर्णको टाउकोमा गोली लागेको थियो ।
घटना आइतबार दिउँसोको भए पनि राति खबर आएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।प्रहरीले २ नाल भरुवा बन्दुक बरामद गरेको छ ।गोली हान्ने ज्ञानबहादुर नेपालीसहित १० जना पक्राउ परेका छन् । स्थानीय प्रेमनारायण आचार्यका अनुसार ओमबहादुर पुन, कृष्णबहादुर पुन मगर, भुपबहादुर पुन मगर, टिकाराम पुन, ड्यामबहादुर पुन, झविन्द्र थापा, विशाल घर्ती, गुञ्जबहादुरसहितलाई पक्राउ गरिएको हो ।