पहिलो एकदिवसीयमा आज केन्याको सामना गर्दै नेपाल

काठमाडौं । नेपालले आज (शुक्रबार) केन्यासँग पहिलो एकदिवसीय क्रिकेट खेल्दैछ। नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोलीको केन्याको सामना गर्न लागेको हो।

नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ। केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ। नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ। नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो।

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ। नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् ।

सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन्। नेपालले घरेलु टोलीसँगको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेल्नेछ।