लकडाउनकै बीच मन्त्री घिमिरे योजनाको अनुगमनमा

कोरोना भाइरस महामारी न्यून गर्न लागू भएको लकडाउनकै बीच प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको निर्वाचन क्षेत्र ४ (ख) अन्र्तगत निर्माणाधिन योजनाको अनुगमन गरेका छन् । निर्वाचन क्षेत्र विकास कोषमार्फत कटहरीमा निर्माण भईरहेका योजनाको मन्त्री घिमिरेले अनुगमन गरेका हुन् ।

 

बिज्ञापन

कटहरी–१ महेशपुरमा निर्माण भइरहेको लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी २ को किसान मार्ग सडक, कटहरी ३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको मन्त्री घिमिरेले अनुगमन गरेका हुन् । कटहरी सामुदायिक भवन ५० लाख र अन्य योजनाहरू १०/१० लाख रुपैयाँका रहेका छन् ।

 

कटहरी सामुदायिक भवन ५ कठ्ठा जमिनमा १ हजार व्यक्ति अट्ने क्षमताको रहेको छ । निर्वाचन क्षेत्र विकास कोषमार्फत विनियोजित बजेटमा योजनाहरू निर्माण भइरहेको मन्त्री घिमिरेले बताए । मन्त्री घिमिरेले योजनाहरू निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

 

उनले योजनाहरूको अनुगमनका साथै लकडाउनका कारण प्रभावित भएका स्थानीयको पनि समस्याबारे जानकारी लिएका छन् । निर्माणाधिन योजनाहरुको मन्त्री घिमिरेसँगै नेकपा प्रदेश कमिटी सदस्य मृत्युन्जयकुमार झा लगायतका नेताहरुले पनि अनुगमन गरेका थिए ।