भोजपुर बजारमा आगलागी ५२ लाखको क्षति

भोजपुर । भोजपुर सदरमुकामको पोखरेमा विहिवार दिउँसो आगलागी हुँदा ५२ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बखतवहादुर श्रेष्ठको घरबाट आगलागी शुरु भएको हो ।
आगलागीबाट श्रेष्ठको किराणा पसल, नगद पाँच लाखसंगै सम्पुर्ण सामग्री जलेर नश्ट भएको प्रहरीको भनाई छ । त्यस्तै आगो नियन्त्रण गर्ने क्रममा पासपासका दुई ओटा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
साँघुरोबाटोको कारण नगरपालिकाको दम्कल जान नसेकेपछि नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण आएको थियो । । आगो विद्युत सर्ट भएर लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।


 

बिज्ञापन