
कोरोना भाइरस ९कोभिड(१९) को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ ।




बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । यस्तै हालसम्म ९ जना संक्रमितको मृत्यु भएको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ ।