
काठमाण्डाै – म्यानमारमा रहेका नेपालीलाइ लिएर जहाज काठमाण्डौ आइपुगेको छ ।

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।



बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जहाजले म्यानमारबाट २५ जना नेपाली बोकेर जहाज आएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।
विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।
सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ । नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गर्नेछ । ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने सीसीएमसीको विश्वास छ ।
यसअघि सीसीएमसीले ६० हजार सीम कार्डको विश्लेषण गरेर विदेशबाट आएका नागरिकबारे जानकारी संकलन गरेको थियो ।
म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो ।