नेपालमा सलहको प्रकोप नदेखिने कार्यदलको निष्कर्ष

काठमाडौं – नेपालमा यो वर्ष सलह किराको प्रकोप नदेखिने कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको विशेष कार्यदलले निष्कर्ष निकालेको छ ।

मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा गठित समितिले विज्ञहरुसँगको परामर्शमा नेपालमा यो वर्ष सलहको प्रकोप नपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

यो वर्ष सलहको हुल नेपाल नआए पनि आउँदा वर्षका लागि भने सावधानी अपनाउनु पर्ने प्रतिबेदनमा उल्लेख छ ।

वायुको वेगसँग सापेक्ष भएर उड्ने भएकाले यो वर्ष अफ्रिकाबाट भारतसम्म आइपुगेका सलहको हूल नेपाल आउने खालको मौसमी प्रणाली हाललाई नरहेको कार्यदलको निष्कर्ष छ।