झापाको गौरादहमा प्रहरीकै अगुवाइमा ट्राफिक भवन निर्माण सम्पन्न,मन्त्री कार्कीद्वारा उद्घाटन

✍️ सान नेपाल

झापा: प्रदेश नं १ का  आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । गौरादह नगरपालिका वार्ड नं. १ मा ट्राफिक प्रहरीकै अगुवाई निर्मित ट्राफिक कार्यालय भवनको आज आइतबार बिहान औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्दै मन्त्री कार्कीले उक्त विचार व्यक्त गरेका हुन् ।

शान्ति सुरक्षाको क्षेत्रमा सबैतिर समन्वय र सहकार्यका साथ प्रदेश सरकार अगाडी बढेको बताए । आगामी वर्षनै इलाका प्रहरी कार्यालय गौरादहको भवन निर्माण शुरु हुने बताउदै मन्त्री कार्कीले गौरादह क्षेत्रमा कार्यरत प्रहरीले शान्ति सुरक्षामा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै उच्च प्रशंसा गरे । ‘प्रहरी मेरो साथी’ को मुल्य र मान्यताको जगमा प्रहरीहरु समाजमा स्थापित हुनुपर्ने भन्दै मन्त्री कार्कीले ट्राफिक प्रहरीकै अगुवाइमा भवन निर्माण भएकोमा सन्तुष्टी व्यक्ति गरे ।

ट्राफिक कार्यालय भवन निर्माण भए संगै ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए । कोभिडको कारण स्थानीय स्तरका बिकास निर्माण कार्यमा सामान्य ढिलासुस्ती भएको भन्दै उनले गौरादह र कमलमा सञ्चालित विकास निर्माण कार्य तीब्र रूपमा अगाडी बढेको जिकिर गरे । गौरादह ट्राफिक कार्यालय भवन २ वर्ष अगाडी नै निर्माण सम्पन्न भइ संचालनमा आएको हो । उक्त ट्राफिक प्रहरी कार्यालय भवनको निर्माणमा गौरादहमा कार्यरत तत्कालीन प्रहरी हवल्दार शंकर यादवको योगदान निकै महत्वपूर्ण मानिन्छ ।

भवन नहुदा भाडाको घरमा बस्नु परेको अवस्थामा सानै भएपनी आफ्नै भवन निर्माण गर्ने अठोटमा प्रहरी हवल्दार द्वय यादव लागेका थिए भने उनलाई बलियो साथ दिएका थिए अर्का प्रहरी हवल्दार भोला चम्लागाइले । जसरी भएपनी भवन निर्माण गरेरै छोड्ने संकल्प लिएका दुई राष्ट्र सेवकलाई गणेश श्रेष्ठ (नायाजु) ले निशुल्क जग्गा उपलब्ध गराउने भए पछि भवन निर्माण कार्य अगाडी बढेको थियो । रंग रोगन तथा वाल कम्पाउन्डिङको कार्यमा प्रहरी सहायक निरीक्षक नारायण भट्टराईको विषेश पहलमा प्रदेश सरकारले १० लाख उपलब्ध गराएको निर्माण समिति अध्यक्ष गणेश कुमार श्रेष्ठ (नायाजु) बताउछन् ।

हाल गौरादहमा ट्राफिक प्रहरी प्रमुखको रूपमा प्रहरी सहायक निरीक्षक लक्ष्मी ओझा रहेका छन् । भवन निर्माणमा स्थानीय जन श्रमदानको २४ लाख ११ हजार, नगरपालिका बाट प्राप्त ६ लाख तथा प्रदेश सरकार बाट प्राप्त १० लाख गरि कुल ४० लाखको लागतमा उक्त भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठ (नायाजु) ले बताएका छन् । ट्राफिक कार्यालय भवन निर्माणको लागि ४९५ बर्गफिट अर्थात डेड कठ्ठा जमिन अध्यक्ष श्रेष्ठको परिवारबाट निशुल्क रूपमा प्राप्त भएको थियो । भवन उद्घाटनकै सिलसिलामा ट्राफिक प्रहरी भवन निर्माणको लागि निशुल्क रूपमा जग्गा दान दिएर सहयोग पुर्याउनु भएका समाजसेवी रत्न वहादुर श्रेष्ठ (नायाजु) लाई स्वागत सम्मान समेत गरिएको थियो ।

समाजसेवी रत्न बहादुर श्रेष्ठ (नायाजु) गौरादह क्षेत्रमा प्रतिष्ठित समाजसेवी मानिनुहुन्छ । विभिन्न संघ संस्थालाई आर्थिक तथा भौतिक सहयोग पुर्याउदै आउनु भएका श्रेष्ठले ईलाका प्रहरी कार्यालय भवनको निर्माण कार्यको लागि ट्राफिक भवन छेउमै अर्को ६ कट्ठा जमिन निशुल्क दान गर्नुभएको छ । वहाँले दिवंगत श्रीमती पान कुमारी श्रेष्ठ (नायाजु) को सम्झनामा उक्त जमिन दान गर्नु भएको बताइएको छ । सोही जमिनमा आगामी वर्ष अत्याधुनिक भवनको निर्माण गरि इलाका प्रहरी कार्यालयलाई ।स्थानान्तरण गरिने जनाइएको छ