
काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। जसमा २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् ।
बिज्ञापन



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना जितेको निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए ।