
काठमाडौँ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो पनि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको छ ।
बिज्ञापन



राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ । तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
