घोप्टेभिरबाट त्रिशुलीमा बस खस्यो, को को थिए त बसमा?

चितवन । साेमबार राति एउटा यात्रुबाहक बस त्रिशुलीमा खसेकाे छ । चितवनकाे मुग्लिनबाट कुरिनटारतर्फ जाँदै गरेको बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

प्रहरीका अनुसार ‘काठमाडौँ टु बाग्लुङ’ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । तर बसमा चालकबाहेक अन्य यात्रुहरु भने नरहेकाे जनाइएकाे छ । बसभित्र साेही बसका चालक, सह-चालक र एकजना अर्को बसका चालक रहेको प्रहरीको भनाइ छ । उनीहरु सबै घाइते भए पनि सहचालकको अवस्था गम्भीर रहेको छ ।

बस चितवनको इच्छाकामना–५ घोप्टेभिरबाट त्रिशुलीमा खसेकाे हाे । मुग्लिनबाट खाना खाएर कुरिनटारतर्फ आउँदै गर्दा साे बस खसेकाे प्रारम्भिक अनुसन्धानबाट देखिए पनि थप विवरण आउन बाँकी छ ।