
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीलाई सरलीकरण गर्दै जाने सम्बन्धमा बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले नै ठोस निर्णय गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेट विनियोजनबारे छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री केही समयपछि बस्ने मन्त्रिपरिषद्को बैंठकले लकडाउनको मोडालिटीलाई सरलीकरण गर्दै जाने निर्णयहरु गर्ने जानकारी दिएका हुन् ।
‘जनतालाई असुविधा नपुगोस् भन्ने र निजी क्षेत्रलाई टेस्ट गर्न दिओस् भन्ने सन्दर्भमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ,’ उनले भने । विद्यार्थी र युवा र सर्वसाधारणले लकडाउनका कारण झेल्नु परेको समस्या र असहजतालाई न्यूनीकरण गर्ने विषयमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।