
बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।

थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै संक्रमितको संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिए ।
बिज्ञापन



स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्।

सरकारले पछिल्लो समय पिसिआएर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआरबाट परीक्षण गरिएको छ।
मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्र्किको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।