कांग्रेस महाधिवेशन : कञ्चनपुर–३ को सभापतिमा चन्द विजयी

महेन्द्रनगर : नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार चन्द ३३० मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, सचिवमा उमेशप्रसाद जोशी र गंगादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित भएका छन् । सचिव निर्वाचित जोशीले ३०७ र भट्टले ३०१ तथा सहसचिवमा भट्टले ३४६ र बस्नेतले ३१९ मत प्राप्त गरेका छन् ।

सोमबार भएको मतदानमा निर्वाचन क्षेत्र नम्बर–३ मा कुल ५६२ मत खसेको समितिले जनाएको छ । क्षेत्र नम्बर–३ मा कांग्रेस नेता रमेश लेखकको प्यालन विजयी भएको हो । यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ र १ मा अहिले मतगणना जारी छ ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर–१ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय  र हरिचन्द ठकुरीबीच तथा निर्वाचन क्षेत्र नम्बर–२ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भिडन्त हुँदै छ ।