
दैलेख- दैलेखमा कोरोना संक्रमित र प्रहरी बिच झडप हुदाँ ४ जना संक्रमित घाइते भएका छन् ।

नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन उच्च मध्यामिक विघालयको आइसोलेसनमा शनिवार कोरोना संक्रमित र प्रहरीबीच झडप भएको हो ।
बिज्ञापन



झडपमा ४ संक्रमित घाइते भएका छन् । आइसोलेसनमा बसेकाहरुले महिना दिन पुग्दा सम्मेत पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पीसीआर पोजेटिभ र आरडीटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, आइसोलेसनमा बस्दा खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै आन्दोलन गरेका थिए ।

आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरीले बताएकाे छ ।