दमकमा उच्च सुरक्षा, चपेटी लगायतका नाकामा व्यापक प्रहरी परिचालन

झापा। पाँचथर हत्याकाण्डमा संलग्नहरुको खोृजीका लागि दमकमा पनि सुरक्षाकर्मीहरु परिचालन भएकाछन् ।

दक्षिणी पहाडि जिल्ला इलाम र पाँचथरबाट झापाको दमक छिर्ने नाकाहरुमा ब्यापक प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बिज्ञापन

चपेटी, बाह्कोठे लगायतको क्षेत्रमा प्रहरीले जाँचलाइ कडा बनाएको छ ।

डिएसपी श्यामल सुब्बाका अनुसार बिभिन्न ४ स्थानमा प्रहरी अधिकृत सहितको टोली खटिएको छ ।

मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या भएपछि हत्यारा भाग्न सक्ने नाँकाहरुमा कडाइ भएको हो ।