सरकारले बेइमानी गरे फेरि आन्दोलन सुरु गर्ने भारतीय किसानको चेतावनी

भारतीय किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

एक वर्षदेखि विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका हुन्।

बिज्ञापन

भोलिदेखि धर्नास्थल हटाउन सुरु गर्ने र भोलिदेखि नै घर फर्किने उनीहरुले बताएका छन् । अहिलेलाई आन्दोलन स्थगित गरे पनि एकर एक महिनामा समिक्षा बैठक बस्ने किसान नेताले बताएका छन् ।

केन्द्र सरकारले आफूहरुको माग पूरा गर्न बेवास्ता गरे फेरि आन्दोलन सुरु गर्ने उनीहरुले चेतावनी दिएका छन् । गएको महिना प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हित विपरीत रहेको भनिएका तीन वटा कानुन खारेज गर्ने निर्णय गर्नुभएको थियो ।

तर, सरकारले बेइमानी गरेमा फेरि आन्दोलन सुरु गर्ने उनीहरुले चेतावनी दिएका छन् । कृषि क्षेत्र किसानको हातबाट ठूला व्यापारीको हातमा पुग्ने कानुन ल्याएको भन्दै किसान एक जुट भएर आन्दोलन थालेका थिए ।

यस्तै, उनीहरुले कृषि उपजको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न र किसानमाथि लागेको सबै मुद्दा फिर्ताको माग समेत गरेका छन् ।