
मोरङ : मोरङको धनपालथान गाउँपालिका-१ बाट करिव ९० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ ।

सिमा प्रहरी चौकी पोखरीयाबाट गस्तिमा खटिएको प्रहरी टोलीले आज बिहान ६ बजेको समयमा उक्त मुल्य बराबरको सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।
बिज्ञापन



अबैध रुपमा समान ओसार पसारमा संग्लग्न स्थानीय २० बर्षीय अमर शाहलाई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाईउने तयारी भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
