
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालकाे भूमि भएकाे र भारतले आफ्नो सेना फिर्ता लैजानुपर्ने बताउनुभएकाे छ । अद्यावधिक नक्सा निशान छापमा राख्न संविधान संशोधन गर्ने विधेयकमाथि राष्ट्रियसभामा बिहीबार धारणा राख्दै श्रेष्ठले उक्त कुरा बताउनुभएकाे हाे ।

‘नेपालको कुनै साशक र सरकारले १८१६ को सुगाैली सन्धिले हाम्रो भूभाग भनेर निर्धारण गरेको हाम्रो भूमिलाई भारतलाई हस्तान्तरण गरेको छैन । त्यो भूभाग हाम्रो हो हामीलाई प्राप्त हुनुपर्छ । र, त्यो भूभागमा रहेकाे भारतका सैनिक, प्रहरी सबै फिर्ता जानुपर्छ र त्यस प्रकारको क्याम्पहरु त्यहाँबाट बन्द गरिनुपर्छ भन्ने हाम्रो दृढ अडान हो ,’ उहाँले भन्नुयभाे ।



हाम्रो भूमि फिर्ता हुनुपर्छ भनेर तथ्य र प्रमाणका आधारमा भनेकाे पनि उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीले हाम्रो भूमि फिर्ता हुनुपर्छ भनेर हामीले तथ्या र प्रमाणका आधारमा भनेका छौँ ।’ उहाँले तथ्य १८१६ को सुगौली सन्धिमा कालीनदी पश्चिमको भू-भाग भारतको रहेको उल्लेख गरकाे र त्यसले काली पूर्व नेपाल भन्ने प्रष्ट देखिएकाे बताउनुभयाे ।

श्रेष्ठले नोभेम्बर २०१९ मा भारतले जारी गरेको राजनीतिक नक्सामा कालीनदी लिपुलेक नजिकको सानो खोल्सोलाई देखाएको र एक सातापछि उक्त कालीनदी नक्साबाट हटाएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘कालीनदी लिम्पियाधुराको हो, कालापानी नजिकको खोल्सो होइन। भारतले सात दिनपछि नक्सामा काली किन काट्यो? यसले प्रष्ट गर्छ जतिसुकै यताउता गरे पनि काली पूर्वको भाग नेपालको हो ।’
नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा जारी गर्नु एेतिहासिक कार्य र गौरवको कुरो भएकाे उहाँले बताउनुभयाे । सीमा विवादमा भएकाे एकताले सबैलाई उत्साहित बनाएको उहाँकाे भनाइ छ । भारतले कब्जा गरकाे भूमि नेपालले व्यावाहरिक रुपमा पनि प्राप्त गरिछाड्ने बताउँदै प्रवक्ता श्रेष्ठले भन्नुभयाे, ‘नेपालको कब्जा गरिएको भूमि, अतिक्रमित भूमि नेपालले व्यावाहरिक रुपमा पनि प्राप्त गरिछाड्ने छ ।’
भारतले नेपालकाे भूमि कब्जा गरेकै बेला हामीले प्रतिवाद किन गरोनौं भनरे प्रश्न उठ्नु र त्यसले पीडाबोध हुनु स्वाभाविक भएकाे पनि उहाँले बताउनुभयाे । ‘हामी आफैँले प्रकाशित गरेको नक्सामा अहिलेसम्म पनि ती भूमि सामेल गर्न किन सकेनौं भन्ने बारेमा प्रश्न उठ्नु स्वाभाविक हो । यसले के देखाउछ भने हाम्रा इतिहासमा केही कमि कम्जोरी भए,’ उहाँले भन्नुयभाे, ‘तर म फेरि भन्न चाहन्छु सबैलाई अहिले यतिखेर हामीले हेर्न पर्ने मुख्य मुद्दा भनेको यो भूमि भारतले कब्जा गरेको हो । यो भूमि नेपालको हो । यो भूमिलाई हामीले प्राप्त गरिछाड्नुपर्छ ।’
नेपालले पटक–पटक वार्ताको प्रस्तााव गर्दा पनि बेवास्ता गर्दै उहाँले बताउनुभयाे । ‘हामीले बारम्बार भनिरहेको छौँ वार्तामा बसौँ, कुटनीतिक संवाद मात्रै यो समस्यको समाधानको एकमात्र बाटो हो भनेर हामीले भनेकै छौँ । हामी त्यसमा आतुर छौँ र प्रयत्न गरिरहेको छौँ । यो विवादित भूमि हो भनेर भारतले समेत स्वीकार गर्यो । त्यसको समाधान गर्न पराराष्ट्र सचिवस्तरकाे त्यो समितिको बैठक गर्न हामीले लगातार भन्यौं, माग गायौं । भारतले एकलाैटी रूपमा आफ्नो नक्सा प्रकाशित गरेपछि हामीले छिटाेभन्दा छिटो वार्ता गरौैँ भनेर जोड दियौँ । तर भारतले वार्तामा ध्यानै दिएन ।’