
बिर्तामोड — नागरिकता किर्ते मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार बुद्धशान्ति गाउँपालिका ४ का ४२ वर्षीय भीमबहादुर खड्कालाई पक्राउ गरेको हो ।
नागरिकता किर्ते मुद्दामा जिल्ला अदालतबाट ०७३ जेठ ३१ मा खड्का दोषी ठहर भएका थिए । उनलाई डेढ वर्ष कैद र ५ हजार ५ सय ५० रुपैयाँ जरिवाना हुने ठहर अदालतले गरेको थियो । फैसलालगत्तै खड्का फरार भएका थिए ।
विशेष सूचनाका आधारमा शुक्रबार गाउँबाटै खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए ।