प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १९, डिस्चार्ज २ सय २४

प्रदेश १ कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ। पुरुष ३ सय ८९ र महिला ३० जना छन्। अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ सय ११ पुरुष र १३ महिला गरी २ सय २४ पुगेको छ।बिहिबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना डेस्कको अनुसार कोभिड-१९ को संक्रमितको संख्या ४ सय १९ र डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको जनाएको छ।

झापामा सबैभन्दा बढी संक्रमितको संख्या १ सय ७८ रहेको छ। जसमा पुरुष १ सय ७४ र ४ महिला रहेका छन्। मोरङमा ९५ पुरुष र ८ पुरुष १ सय ३ संक्रमित रहेका छन। ५६ पुरुष र ६ महिला गरी सुनसरीमा ६२। धनकुटामा ६ पुरुष र २ महिला गरी ८। भोजपुरमा ६ पुरुष। खोटाङमा ४ पुरुष। उदयपुरमा ३९ पुरुष र ८ महिला गरी ४७। सोलुखुम्बुमा १। संखुवासभा २ पुरुष। तेह्रथुममा १ महिला र १ पुरुष गरी ।इलाममा २ पुरुष। पाँचथरमा १ महिला। ताप्लेजुङमा ३ महिला।

डिस्चार्ज भएर २ सय २४ घर फर्के

सबैभन्दा बढी झापाका १ सय २६ पुरुष संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मोरङमा १५ पुरुष र २ महिला गरी १७। सुनसरीमा २५ पुरुष र २ महिला गरी २७। धनकुटामा ६ पुरुष र २ महिला गरि ८। भोजपुरमा ५ पुरुष। खोटाङमा १ पुरुष। उदयपुरमा २५ पुरुष र ६ महिला। सोलुखुम्बुमा १ पुरुष।संखुवासभामा २ पुरुष। तेह्रथुममा १ महिला र १ पुरुष गरी २ जना।पाँचथरमा १ पुरुष। ताप्लेजुङमा ३ पुरुष डिस्चार्ज भएका छन्।