
कैलाली, ०५ असार । कैलालीमा १२ वर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा दुई जना प’क्राउ परेका छन् ।

प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका ब’लात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई प’क्राउ गरेको जनाएको छ ।
बिज्ञापन



पीडित बालिकाको बयानअनुसार ब’लात्कारको आरोपमा ती दुई जनालाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
