कोरोनाबाट थप एक जनाको मृत्यु , मृतकको संख्या २३ पुग्यो

काठमाडाैं  –  नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप एककाे  मृत्यु भएको पुष्टि गरे। प्रवक्ता  गौतमका अनुसार गुल्मीको छत्रकोट गाउँपालिका– ५, मैनडाँडाका ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।यो संगै मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

 

उनी प्यारालाइसिस उपचारका क्रममा भारत गएर गत २५ गते नेपाल आएका थिए । नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनको असार ५ गते घरैमा मृत्यु भएको थियो । सोही दिन नमुना संकलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएकोमा ६ गते कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । उनको शव नेपाली सेनाको सहयोगमा असार ६ गते नै व्यवस्थापन भइसकेको छ ।