
काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत उपस्थित हुन आदेश दिएको छ । कोरोना सम्बन्धी सातवटा अन्तरिम आदेशको पालना नगरेको भन्दै जवाफसहित आफैँ उपस्थित हुन अदालतले आदेश दिएको छ ।

बिज्ञापन



अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आदेश पालना नगर्नुको लिखित जवाफसहित १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक सरोकारको विषयअन्तर्गत दायर भइ सरकारलाई दिइएको आदेशको कार्यान्वयन नगरेको भन्दै अधिवक्ता शर्माले सर्वोच्चमा प्रधानन्त्रीविरुद्ध अवहेलना मुद्दामा कारबाही गर्न माग गर्नुभएको थियो ।