
काठमाडौं, १६ भदौ । पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण निधन भएको छ । ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए ।

चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी गत भाद्र ११ गते अस्पताल भर्ना भएको र आज बिहान ७ बजे निधन भएको हो ।
बिज्ञापन



उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए।
