मोरङको बक्राहा खोलाले बगाएर महिलाको मृत्यु

मोरङको रतुवामाई नगरपालिका-५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।

बिहिवार अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकीमा ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको उक्त कार्यालयले जनाएको छ ।

बिज्ञापन

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।