
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा आइतबार प्रस्तुत ६ वटा एजेण्डामा नै केन्द्रित रहेर छलफल हुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले नाम फेर्ने लगायतका विविध एजेण्डामा छलफल गरिरहेको छ ।



हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले धारण राखेका थिए भने सात प्रदेशका नेताहरुले प्रदेशको रिपोर्टिङ गरेका थिए । आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने नेता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्चको फैसालले पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गरेर अविश्वासको प्रस्ताव ल्याउने पक्षमा माओवादी छ ।आजै यी तीनदलबीच सत्ता समिकरणका विषयमा छलफल पनि हुँदैछ ।