
झापा । झापाको काँकडभिट्टाबाट १७ किलो लागु औषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर– ८ का सञ्जय दर्जी, मनोज दर्जी र धनकुटा पाख्रीबास–४ का राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


चरेससहित उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा अन्तरगतको लागू औषध नियन्त्रण ब्युरो टोलीले मेचीनगर–८ टोकला बगानस्थित रमाइलो बस्तीबाट मङ्गलवार दिउँसो पक्राउ गरेको हो ।
बिज्ञापन



पक्राउ परेका सञ्जयसँग चरेस रहेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
