कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

ललितपुरको स्टार अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ति युवकको गएराति मृत्यु भएको हो ।

बिज्ञापन

प्रमुख गेलालले, ‘उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । मृत्यु शनिबार राति भएपनि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो ।’

उनका अनुसार अहिले मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।