प्रदेश १ मा आज एकैदिन थपिए २६ जना संक्रमित, उर्लाबारीमा पहिलो पटक संक्रमित भेटिए

झापा — प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४ पुरुष, गौरीगञ्जमा १ पुरुष, मोरङको उर्लाबारी र केराबारीमा १–१ पुरुष, इलामको सुर्याेदयमा २ महिला, सुनसरीको इटहरीमा १ महिला र ताप्लेजुङको फुङलिङमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ जना पुगेका छन् ।

बिज्ञापन

यसैबिच मोरङको उर्लाबारी नगरपालिकामा आज पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाईनमै बसेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।