झापाको दमकका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

दमक। झापाको दमकका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाबाट पठाइएका ५३ जनाको स्वाव परीक्षणमा २ जनाको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

पोजेटिभ आउनेमा मानसरोबर क्वारेन्टाइनका एक पुरुष र महिला क्वारेन्टाइनका एक महिला रहेको दमक नगरपालिका क्वारेन्टाइन व्यस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बिज्ञापन

दमकका दुई क्वारेन्टाइन र होम क्वारेन्टाइनका गरि ५३ जनाको स्वाव संकलन गरि बुधबार उनिहरुमा कोरोना भाइरस भए नभएको परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।

योसँगै दमकमा कारोना संक्रमण हुनेको संख्या ८ पुगेको छ । यद्यपी पहिलो र दोश्रो संक्रमित भने कोरोना जितेर घर फर्किसकेका छन् । दमकबाट शनिबार थप ५४ जनाको स्वाव संकलन गरि परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ ।