थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

पछिल्लो २४ घण्टाको अवधिमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । पछिल्लो पटक थपिएका २०४ जना संक्रमितसँगै देशभर १६ हजार १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ६८८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ७ हजार ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएको उनको भनाइ छ । अहिलेसम्म देखिएका संक्रमितमध्ये ४६.४ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बुधबार ६ हजार १३३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिलेसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीबर विधिबाट परीक्षण गरिएको उनले बताए ।

त्यस्तै, देशभरका क्वारेन्टाइनमा २५ हजार ७२७ जना रहेका छन् भने ८ हजार ६३४ जना क्वारेन्टाइनमा रहेका छन् ।